प्रेमीलाई प्रेमीकाको कपडा लगाउँदै रुखमा झुण्डाएर हत्या !

काठमाडौं । भारतको वाराणासीमा एक २२ वर्षीय प्रेमीलाई प्रेमिकाको कपडा लगाएर रुखमा झुण्डाएर हत्या गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । यो सारा कहानी प्रेम प्रसंगको रहेको बताइएको छ ।

बाडागाउँ थाना क्षेत्रमा बाजिदापुर गाउँमा वृजेश भन्ने व्यक्तिको रुखमा प्रेमिकाको कपडा लगाईदिएर झुण्डाएर मारिएको शव फेला परेको थियो ।

विहान ण्ठ्दा गाउँलेले यस्तो दृश्य देखेपछि प्रहरीलाई सम्पर्क गरेका थिए । उनका पिता प्रेम नारायणले हत्याको आरोप लगाएको र अहिले पुलिसले अनुसन्धान गरिरहेको छ ।

गाउँकी एक युवतीसँग उनी प्रेममा थिए । तीन महिना पहिला पनि उनलाई घातक आक्रमण गरिएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?