भारतीय पूर्व मन्त्री जसवन्त सिंहको निधन

काठमाडौं । अटल बिहारी बाजपेयी सरकारमा मन्त्री बनेका जसवन्त सिंहको निधन भएको छ ।

उनको आईतवार बिहान ८२ वर्षको उमेरमा निधन भएको हो । लामा समयदेखि बिरामी रहेका उनको आज मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसको बारेमा भारतीय प्रधानमन्त्री नरेद्यन्र मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् । उनको मृत्युमा मोदीले दुख व्यक्त गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?