कोरोनाको प्रकोप : अमेरिकामा यस्तो पछिल्लो २४ घण्टाको अवस्था

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ९८ हजार ६७७ जनाको मृत्यु भएको छ भने ३ करोड ३० लाख ५२ हजार ८४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ४४ लाख ४ हजार ५६४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कारोना भाइरसका कारण अहिलेसम्म २ लाख ९ हजार १७७ जनाको मृत्यु भएको छ भने ७२ लाख ८७ हजार ५६१ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ४५ लाख २४ हजार १०८ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ५४ हजार २७६ जना उपचाररत छन् ।

त्यस्तै १४ हजार ९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १५ हजार ५८६ जनाको मृत्यु भएको छ भने ८ लाख ७ हजार ५७६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा १५ हजार ८२६ जनाको मृत्यु भएको छ भने ७ लाख ६८ हजार ८६९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म १४ हजार २३ जनाको मृत्यु भएको छ भने ६ लाख ९८ हजार ६८२ जनालाई संक्रमण भएको छ । अमेरिकामा शनिवार ४३ हजार २०६ जना संक्रमित थपिएका छन् भने ७३७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?