बङ्गलादेशमा ७५ प्रतिशत व्यक्ति कोभिड-१९ संक्रमणमुक्त

ढाका । बङ्गलादेशमा कोभिड–१९ संक्रमित विरामीमध्ये ७५।१ प्रतिशत व्यक्ति संक्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले शनिवार जानकारी गराएको छ ।

मुसलमान बहुल एसियाली यो मुलुकमा पछिल्लो २४ घण्टामा एक हजार १०६ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको र यसका कारण ३६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

योसँगै बङ्गलादेशमा कूल संक्रमितको सङ्ख्या तीन लाख ५७ हजार ६७३ पुगेको छ भने पाँच हजार १२९ संक्रमितको मृत्यु भएको छ ।

यहाँ अहिलेसम्म संक्रमणमुक्त भएका विरामीको सङ्ख्या दुई लाख ६८ हजार ७७७ अर्थात् ७५.१ प्रतिशत रहेको छ भने संक्रमितको मृत्युदर १.४३ प्रतिशत रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?