काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ संक्रमितको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसेको छ ।
वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि पूर्ण रुपमा सफलता अझै पाउन सकेका छैनन् ।

यसैबीच अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भ्याक्सीन उपलब्ध भएपनि २०२१ को अन्तिम सम्म मास्क लगाउनु पर्ने बताएका छन् ।
उनले २०२१ को अन्तिमसम्ममा कोरोना नियन्त्रण गर्न सकिने बताए । उनले भ्याक्सीनका साथै सोसल डिस्टेन्स, हात खुट्टाको सरसफाई र मास्कको प्रयोग अनिवार्य गर्न चेतावनी दिएका छन् ।

यस उपायबाट नै कोरोनाको स्तर न्युन बनाउन सकिने बताए ।

कोरोनाको पहिलो भ्याक्सीनले १०० प्रतिशत कोरोना संक्रमितलाई नै बचाउन नसक्ने बताएका छन् । उनले सायद भ्याक्सीन ७० प्रतिशतसम्म सुरक्षित होस् भन्ने आफूले चाहेको बताए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया