रुसले बाँड्न थाल्यो विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ संक्रमितको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसेको छ ।

दुनिया में कोरोना वायरस का संकट (सांकेतिक तस्वीर)

वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि पूर्ण रुपमा सफलता अझै पाउन सकेका छैनन् । यसैबीच रुसले कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो भ्याक्सीन भनिएको स्पूतनिक भी आम सर्वसाधारणले पाउने गरि बेच्न थालेको छ । रुसले आफ्ना जनताका लागि भ्याक्सीन उपलब्ध गराएको हो ।

रुसले पहिलो पटक राजधानी मस्कोका जनतालाई भ्याक्सीन उपलब्ध गराएको बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?