राष्ट्रियसभा अध्यक्षमा तिमल्सिना निर्विरोध, औपचारिक घोषणा बुधबार

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षमा पोलिटब्यूरो सदस्य गणेश तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् ।एमालले सांसद तिमल्सिनाको मात्र उम्मेदवारी परेको हो । तसर्थ राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?