ब्राजिलमा कोभिड-१९ को संक्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

ब्रासिलिया । ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । यहाँ प्रत्येक दिन हजारौँको संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो अपडेट अनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ४० हजारभन्दा बढीको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ९२९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ५३७ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३१ हजार ३६० जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ४६ लाख ८९ हजार ९६५ जना संक्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ४० लाखभन्दा बढी संक्रमित ठिक भएका छन् । ब्राजिल विश्वमा अमेरिका र भारतपछि सबैभन्दा धेरै संक्रमित हुने देशमा पर्दछ । अमेरिकामा अहिलेसम्म ७२ लाखभन्दा बढी नागरिक कोरोनाबाट संक्रमित भएका छन् भने भारतमा करिब ५९ लाख नागरिक यसका संक्रमित छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?