फेरि अल्झियो बूढीगण्डकी आयोजना

धादिङ, २८ फागुन — प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाको काम तत्काल अघि बढाउन माग गर्दै प्रभावित क्षेत्रका बासिन्दा आन्दोलनमा उत्रिएका छन् । राजनीतिक हस्तक्षेप र सरकार परिवर्तनपिच्छे निर्णय बदल्ने प्रवृत्तिले काम अडकएको उनीहरूको बुझाइ छ ।राजनीतिक हस्तक्षेपकै कारण रोक्का गरिएको जग्गाको दुई वर्ष बित्दा पनि मुआब्जा नपाएको भन्दै पीडितहरू बुधबारदेखि गोरखा, घ्याल्चोकको सिउरेनीटारस्थित आयोजना कार्यालमा धर्ना बसेका छन् ।गोरखा र धादिङ दुवैतिरका प्रभावित बासिन्दाले आयोजना निर्माणको वातावरण बनाउनुपर्ने, चालु आवमै मुआब्जा वितरण गरिसक्नुपर्ने, पुनर्वास र पुन:स्थापनालगायत सर्त छिटो सम्बोधन गर्नुपर्ने मागसमेत राखेका छन् । प्रस्तावित बाह्र सय मेगावाट क्षमताको आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न भइसकेको छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?