काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।
बिहिबार राति भएको खेलमा स्पेनिस क्लब सेभियालाई २–१ गोल अन्तरले पराजित गर्दै बायर्नले सुपर कपको उपाधि हात पारेको हो । बायर्न म्युनिखले उपाधि हात पारेको हेर्न करिब २० हजार दर्शक उपस्थित भएका थिए ।
खेलमा अग्रता सेभियाले १३ औं मिनेटमा लुकास ओकम्पोसको पेनाल्टी गोलमा लिएको थियो । बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जाभियर मार्टिनेजले बायर्नका लागि विजयी गोल गरे ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया