काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र स्वीट्जरल्याण्डकी समकक्षी साइमोनेता सोममारुगाबीच टेलिफोन वार्ता भएको छ ।
टेलिफोन वार्ताका क्रममा दुई देशबीचको सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो क्रममा कोरोनाका कारण दुबै देशमा मानवीय क्षति भएकोमा दुबै राष्ट्रप्रतिले सहानुभूति व्यक्त गर्दै स्वीट्जरल्याण्डले नेपाललाई गर्न सक्ने सहयोग गर्न तयार रहेको प्रतिवद्धता स्वीस राष्ट्रपतिले जनाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया