कोठा खोज्न जानेबाट सिक्री लुटियो

काठमाडौं । राजधानीको पेप्सीकोलामा नाटकीय शैलीमा कोठा खोज्न जानेबाट लुटपाट भएको छ । महानगरीय अपराध महाशाखाका अनुसार राजधानीको पेप्सीकोलामा कोठा खोज्ने बहानामा पुगेका दुई व्यक्तिले घर मालिकको सिक्री लुटेर भागेका हुन् ।

स्थानीय पवित्रा बिडारीको घरमा डेरा खोज्दै पुगेका उनीहरुले एक्लै रहेकी उनको साथमा रहेको एक तोलाको सिक्री लुटेर स्कुटरमा भागेको प्रहरीले जनाएको छ ।

सिक्री लुटपाटमा संलग्नहरुको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनीहरु कोठामा बस्ने बहानामा लुटपाट गर्नकै त्यहाँ पुगेको प्रहरीको आशंका रहेको र उनीहरुको खोजीकार्य तीव्र पारिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?