कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाखको निशुल्क बीमा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाखको निःशुल्क बीमा गर्ने निर्णय पनि गरेको छ ।

बुधवार साँझ मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका हुन् ।

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने निर्णय गरेको उनले बताए ।

त्यस्तै सरकारले नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ ।

हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?