काठमाडौं कोरोना भाइरसको महामारीसँग लडिरहेको सारा विश्व अब भने यो महामारीबाट क्लान्त बनिसकेको छ । कोरोना भाइरसले भने अझै रोकिने छाँटकाँट समेत देखाएको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।
यसैबीच कोरोनाबाट बच्न लगाइएको फेस शील्डले कोरोनाबाट बचाउन नसक्ने बताइएको छ ।

जापानको एक सुपर कम्प्यूटरले फेश सील्ड लगाउँदैमा कोरोना बाट नबचिने बताएको हो । किनभने यसले हावामा उडिरहेको सानो छिटाहरु रोक्न नसक्ने बताइएको छ ।
जापानको सुपर कम्प्यूटर फुगाकूको माध्यमबाट प्लाष्टिक फेश सील्डको रिसर्च गरिएको थियो । जसमा यो तथ्य पत्ता लागेको हो ।

कोरोना भाइरसको संक्रमण श्वासको माध्यमबाट भित्र पस्ने भएकोले फेश सील्डले कोरोनालाई रोक्न नसक्ने बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया