काठमाडौं । अमेरिकी पत्रिका न्यूज विकले (११सेप्टेम्बर) मा छापेको आफ्नो आर्टिकलमा सबैलाई अचम्मित बनाउने लेख प्रकाशित गरेको छ ।
१५ जूनमा गलवान घाटीमा भएको चीन भारतबीचका सैनिकबीचमा भएको हिंसात्मक झडपमा चीनका ६० भन्दा धेरै सैनिक मारिएको बताएको छ ।
पछिल्लो समय चीन र भारतबीचमा सीमावर्ती क्षेत्रलाई लिएर तनावपूर्ण अवस्था रहेको छ ।
गत जून १५ मा पूर्वी लद्दाखमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए । तर चीनको तर्फबाट भने कुकै आधिकारीक पुष्टि भएको थिएन ।
पछिल्लो समय छापिएको यो रिपोर्टले सबै अचम्मित बनेका छन् । त्यसको ७५ दिन पछि २९ अगस्टमा लद्दाखमै भएको चीन र भारतबीचको झडपमा १ भारतीय सैीनकको ज्यान गएको थियो ।
गलवानमा भएको उक्त झडप ४० वर्षपछि भएको सबैभन्दा ठूलो झडप थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया