रुसले सबैभन्दा पहिला यो देशलाई दियो कोरोनाविरुद्धको ‘भ्याक्सीन’को ५ करोड ‘डोज’

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

Coronavirus Vaccine

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म कुनै सफलता हात लाग्न सकेको छैन ।

Coronavirus Vaccine

यसैबीच रुसले गत अगस्ट ११ मा विश्वमै पहिलो कोरोनाविरुद्धका भ्याक्सीन आफूले बनाएको दाबी गरेको थियो ।

Coronavirus Vaccine

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सीन (स्पूतनिक भी) आफ्नी छोरीले समेत लगाएको बताएका थिए ।

यसैबीच उक्त पहिलो कोरोनाविरुद्धको भ्याक्सीन रुसले भ्याक्सीनको ५ करोड डोज सबैभन्दा पहिला ब्रालिलाई सप्लाई गर्ने भएको छ ।

Coronavirus Vaccine

आरटी डटकममा छापिएको रिपोर्टका अनुसार रसियन डाइरेक्ट इन्भेष्टमेण्ट फन्डले नोभेम्बरमा स्पूतनिक भी भ्याक्सीनको डेलिभरी शुरु गर्ने बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?