यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख १० हजार ९ सय ५० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ८१ लाख ९४ हजार ३ सय २१ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २ लाख १७ हजार २ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ५ सय ७४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९५ हजार ७ सय ५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ११ हजार २ सय ४४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६५ लाख ६० हजार ७ सय १९ पुगेको छ । हालसम्म ३ लाख ५७ हजार ४ सय ३२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ५ सय ७५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ४७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७६ हजार २ सय ७७ पुगेको छ । बितेको २४ घण्टामा ९२ हजार ९ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४५ लाख ५५ हजार ९ सय ३२ पुगेको छ । हालसम्म ३५ लाख ३५ हजार १ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार १ सय ८६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ११ हजार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४२ लाख १० हजार ५ सय ५६ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २८ हजार ८ सय ५७ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३४ लाख ५३ हजार ३ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ४ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १८ हजार २ सय ६३ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ३ सय ६३ जनामा कोरोना पुष्टि भएको र १ सय २८ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ४६ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ६२ हजार ३ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा ३० हजार २ सय ३६ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख २ हजार ७ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ३६ हजार ९ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ७६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?