बेलायतमा एकै ठाउँमा ६ जना बस्न प्रतिबन्ध, फेरि बढ्न थाले संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शअरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच बेलायतमा फेरि कोरोना भाइरुसको संक्रमण बढ्दै गएकोले एक ठाउँमा ६ जना भन्दा धेरै जम्मा हुन प्रतिबन्ध लगाईएको छ ।

बेलायत सरकारले इंग्ल्याण्डमा कोरोनाका केस बढेकोले यो निर्णय लिएको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधवार प्रेस कन्फ्रेन्स मार्फत यो जानकारी गराएका हुन् ।

पछिल्लो ३ दिनमा ८५ सय केस देखिएपछि यो निर्णय लिइएको हो ।

बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ४१ हजार ५८६ जनाको मृत्यु भएको छ भने ३ लाख ५२ हजार ५६० जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?