कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था (ताजा विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ९९ हजार २ सय १४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ७६ लाख ४७ हजार २ सय ८३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ९७ लाख १३ हजार ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ३ सय ७७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९३ हजार ६ सय ९९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १० हजार १ सय ६३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६४ लाख ९५ हजार ७ सय ३८ पुगेको छ । हालसम्म ३७ लाख ६७ हजार ७ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ५ सय ८१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ६५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७३ हजार ८ सय ९४ पुगेको छ । बितेको २४ घण्टामा ८६ हजार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४३ लाख ६३ हजार ८ सय ४३ पुगेको छ । हालसम्म ३३ लाख ९३ हजार ५ सय ६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ७८ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा २ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४१ लाख ५० हजार ३ सय ११ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २७ हजार ८४ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३३ लाख ५५ हजार ५ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ८३ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार ९ सय ९३ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ९९ जनामा कोरोना पुष्टि भएको र १ सय २२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ३५ हजार ७ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ५० हजार ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा २९ हजार ९ सय ७६ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ९१ हजार ५ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख २२ हजार २ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ८८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ४ पुगेको छ । हालसम्म ६ लाख ३९ हजार ३ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ६६ हजार ५ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ३ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ३७ हजार ५ सय ९ पुगेको छ । हालसम्म कोरोनाको कारण ६७ हजार ७ सय ८१ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र २ सय २३ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख ४६ हजार ७ सय १५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ८ सय १३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

 

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ८२ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख २५ हजार ५ सय ४१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ९७ हजार ७ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ९ सय ३० जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार ५ सय ९४ पुगेको छ । हालसम्म ५ लाख ३४ हजार ५ सय १३ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ हजार ३४ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?