काठमाडौं । परमाणु हतियारलाई लिएर अमेरिकाको साथमा भईरहेको तनावका बीच उत्तर कोरियाका तानाशाह किम जोङ उनले एक पटक फेरि लामो रेन्जको मिसाइल पेश गर्ने तयारी थालेको छ ।
किम जोङ उन अब छिटै लामो रेन्जको मिसाइलको घोषणा गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यसलाई मिलट्री परेडमा पेश गरिनेछ । यो मिसाइल अमेरिकासम्म वार गर्न सक्षम रहेको छ ।
वाशिंगटनको सुरक्षा सूत्रले दाबी गरेका छन् कि, सोलिड फ्यूल वाला कम्पनी इन्टरकोन्टिनेन्टल रेन्जको ब्यालेस्टिक मिसाइललाई किम जोङ उन १० अक्टोबरमा हुने परेडमा पेश गर्न सक्ने बताइएको छ ।
१० अक्टुबरमा उत्तर कोरियाको वर्कर्स पार्टीको ७५ औँ स्थापना दिवस हो ।
रक्षा विश्लेषकले उत्तर कोरियासँग अहिले पनि मात्र लिक्वीड फ्यूल आधारित मिसाइल रहेको छ ।
यो मिसाइल छोड्नको लागि तयारी गर्न केहि समय लाग्न सक्छ । र त्यसलाई रेडी टू लञ्च स्टेटमा छोड्न नसकिने बताइएको छ । तर अब भने उत्तर कोरियाले सोलिड फ्यूल मिसाइल बनाएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया