काठमाडौं । प्रदेश नम्बर २ मा आईतबार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७९ जना नयाँ संक्रमित थप भएको छ । यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ । भने त्यस्तै संक्रमितको संख्या ११ हजार १ सय ४० भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ बस्ने ७८ वर्षीय एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट प्रदेश नम्बर २ मा अहिलेसम्म १६ महिला र ५ पुरुष गरि १ सय १ जनाको मृत्यु भईसकेको उनले बताए । यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३, बारामा १५, धनुषामा १३, महोत्तरीमा ११, सिरहामा ८, सप्तरीमा ८, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया