यी ४ देशहरुमा भीषण संकटको खतरा : संयुक्त राष्ट्रसंघले दियो चेतावनी !

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वका ४ वटा देशले गम्भीर समस्याको सामना गर्नुपर्ने बेला आएको बताएका छन् ।

कंगो, यमन, दक्षिणी सूडान र पूर्वोत्तर नाइजेरियाले यो समस्या सामना गर्नुपर्ने उनले बताएका हुन् ।

यी देशहरुमा खाद्य असुरक्षाको संकट उत्पन्न हुन लागेको बताइएको छ । यसबाट लाखौँ मानिसहरुको जिन्दगी खतरामा पर्न सक्ने उनले बताएका हुन् ।

गुटेरेसले तत्काल यो समस्या समाधान नगरे यसले ठूलो हानी गर्ने बताएका छन् ।

उनका अनुसार सोमालिया, बुर्किना फासो र अफगानिस्तान समेत अन्य संघर्षशील ग्रस्त देशमा खाद्यान्नमा गिरावट आएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?