कोरोनाको उद्गमस्थल चीन अहिले मस्तीमा (फोटोसहित)

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

China parties

कुनैबेला महामारीले हैरान बनेको चीनमा अहिले रमझम देखिएको छ ।

शुरुवाती चरणमा कोरोनाको त्रासले जीवन यापन गरिरहेका चीनका नागरिकहरु अहिले पार्टीमा रमाईरहेको छ ।

China parties

उनीहरु पार्टी र स्विमङ र नाइट क्लवमा मस्त भएको देख्न सकिन्छ ।

China parties

एफटी डटकमको एक रिपोर्टका अनुसार गएको हप्ता देखि चीनमा मास्क लगाउन छोडेर स्विमिङ पुल, नाइट क्लव र पार्टीहरुमा रमाईरहेको देखिएको हो ।

China parties

४ महिना यता चीनमा संक्रमितको संख्या १ सय भन्दा कम रहेको छ । अहिले चिनियाँ नागरिकहरु सामान्य जीवनमा फर्किसकेको बताइएको छ ।China parties

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?