काठमाडौं । कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट झापाकी एक ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाको कन्काइ–३ की ती महिलाको आइतबार बिहान मृत्यु भएको हो ।
उनमा दुई दिनदेखि ज्वरो, स्वासप्रश्वासमा कठिन हुनकाु साथै निमोनिया समेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मृतक मधुमेहको रोगी समेत भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
यसअघि आज बिहान गोरखाकी ७५ वर्षिया महिला र चितवनका ७० वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको थियो । (file photo)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया