काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा अहिले भारत र चीनबीचमा तनाव जारी छ । गत जून १५ तारिखमा भएको हिंसात्मक झडपपछि चीन र भारतबीचमा तनाव उत्पन्न भएको हो ।
उक्त झडपमा २० भारतीय सेनाले ज्यान गुमाएका थिए । साथै पछिल्लो झडप हालै मा २९ अगस्टको राती भएको थियो ।
उक्त झडपमा पनि एक भारतीय सेनाको ज्यान गएको बताइएको छ । पहिलो झडप भएको ७५ दिनपछि फेरि दोश्रो पटक लद्दाखमा चीन र भारतका सैनिकको बीचमा झडप भएको हो ।
SHOCKING NEWS: Five people from Upper Subansiri district of our state Arunachal Pradesh have reportedly been ‘abducted’ by China’s People’s Liberation Army (PLA).
Few months earlier,a similar incident happened. A befitting reply must be given to #PLA and #CCPChina. @PMOIndia https://t.co/8gRdGsQfId pic.twitter.com/KbDMJ3bUi2
— Ninong Ering (@ninong_erring) September 4, 2020
यसैबीच भारतको अरुणञ्चल प्रदेशबाट पाँच जना भारतीय नागरिकलाई चीनका सेनाले अपहरण गरेर लगेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।
अरुणाञ्चल प्रदेशका कांग्रेस विधायक निनान्ग एरिंगले ५ जना भारतीय नागरिकलाई अपहरण गरेको दाबी गरेका हुन् ।
उनले अरुणाञ्चल प्रदेशको सुबनसिरी जिल्लाका पाँच जनालाई चिनियाँ सेनाले अपहरण गरेको लगेको उनले बताए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया