काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा तीव्र रुपले बढीरहेको छ । यसविरुद्धको भ्याक्सीन खोज्ने काम अहिले तीव्र रुपले भईरहेको छ ।

अब एक नयाँ रिपोर्ट आएको छ । नयाँ रिपोर्टलाई मान्ने हो भने, स्टेरोयडले पनि यो महामारीमा मानिसको जीवन बचाउन सक्ने काम गर्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमितका गम्भीर बिरामीहरुलाई स्टोरोयड दिन सकिने बताएको छ ।

जूनको महिनामा अक्सफोर्ड यूनिभर्सिटीको तर्फबाट केहि अस्पतालमा रिकोभर ट्रायल चलाइएको थियो ।

यो ट्रायलमा कोरोनाबाट हरेक ८ मा एक गम्भीर व्यक्तिको ज्यान डेक्सामेथासोन नामक स्टेरोयडठबाट बचाउन सक्ने बताएको हो ।

यो ट्रायल बाहेक अन्य ६ ट्रायलको नतिजा पनि बाहिरिएको छ । जसबाट हाइड्रोकार्टिसोन नामको एक अन्य स्टेरोयडबाट पनि संक्रमितको ज्यान बच्न सक्ने बताएको हो ।

हाइड्रोकार्टिसोन सस्तो हुनुको साथै सजिलै उपलब्ध हुने बताइएको छ । अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा सात ट्रायलको नतिजा प्रकाशन भएको हो ।

यिनमा यी दुई औषधि गम्भीर बिरामीहरुलाई मृत्युको खतराबाट जोगाउने बताइएको छ ।
स्टडीका लेखक र इंग्ल्याण्डका ब्रिस्टल यूनिभर्सिटीका महामारी विज्ञानका प्राफेसर जोनाथन स्टर्नले स्टेरोयड एक सस्तो र सहजै उपलब्ध औषधि र विश्लेषणमा यो कुराको पुष्टि भएको बताइएका छन् ।
यो ट्रायल ब्राजिल, फ्रान्स समेत केहि अन्य देशमा गरिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया