काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
यसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिक अहोरात्र खटिएका छन् । तर कुनै पूर्ण सफलता हात लाग्न सकेको छैन ।
यसैबीच अण्डमानमा बस्ने एक दुर्लभ जनजातीमाथि कोरोनाको खतरा मडराएको छ । त्यहाँ रहेका ५० जनामध्ये १० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य अधिकारीहरुले स्ट्रेट द्वीपमा बसोबास गर्ने उक्त ५० जनजाती मध्ये ३७ जनाको परीक्षण गरेका थिए ।
जसमा १० जनमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतमा यो जनजातीको संख्या धेरै कम रहेको छ ।
यो विषयलाई लिएर सरकारले चिन्ता व्यक्त गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया