काठमाडौं । बेलायतको अक्सफोर्ड यूनिभर्सिटीलेको कोरोनाविरुद्धको भ्याक्सीनमाथि सारा विश्वको आश र भरोसा रहेको छ ।

विश्व स्वास्थ्य संगठनले समेत अक्सफोर्डको भ्याक्सीनमा आशा राखेको छ ।

‘express.co.uk’ मा छापिएको एक रिपोर्टका अनुसार सबै भन्दा राम्रो स्थितीमा अक्सफोर्डको भ्याक्सीन आजबाट मात्र ४२ दिनमा बन्न सक्ने बताइएको छ ।

बेलायती सरकारको श्रोतले दिएको जानकारीका अनुसार अक्सफोर्ड यूनिभर्सिटी र इम्पेरियल कलेज लण्डनका साइन्टिस्ट भ्याक्सीन बनाउन सबैभन्दा नजिक पुगेका छन् ।

बेलायतमा भ्याक्सीन उत्पादन बगैराहलाई लिएर पनि तयारी पहिल्यै देखि भएको थियो । अब छिटै नै बेलायतमा भ्याक्सीन उपलब्ध हुने वैज्ञानिकहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया