अनलाइन डेलिभरीमा संलग्न र व्यवसाय सञ्चालन गर्नेलाई बुधबार र बिहीबार प्रहरीले पक्राउ गरेपछि काठमाडौं उपत्यकामा खाद्यान्न र अत्यावश्यक सामग्रीको डेलिभरी ठप्प भएको छ ।
उपत्यकामा अनलाइन डेलिभरीको सेवा दिइरहेका एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधि र व्यवसाय सञ्चालकलाई प्रहरीले पक्राउ गरी डेलिभरी काम रोक्ने सर्तमा बिहीबार राति छाडेको थियो ।
प्रहरीको अवरोधपछि अनलाइन डेलिभरी सेवा दिइरहेका कम्पनीहरूले निषेधाज्ञा अवधिभर डेलिभरी नगर्ने निर्णय गरेको फुडमान्डुका संस्थापक मनोहर अधिकारीले बताए । अधिकारीलाई बिहीबार प्रहरीले बोलाएर अनलाइन डेलिभरी नगर्ने सर्तसहित कागजमा सही गराएको थियो । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया