मेक्सिको सिटी । मेक्सिकोमा कोभिड १९ बाट मृत्यु हुने नागरिकको संख्या ६२ हजार नाघेको छ ।
गएको २४ घन्टामा त्यहाँ यो संक्रमणबाट कम्तीमा पनि ६२६ जनाको ज्यान गएको छ । यससँगै यहाँ मृत्यु हुनेहरुको संख्या ६२ हजार ७६ पुगेको हो ।
यहाँ संक्रमितको संख्या ५ लाख ७३ हजार ८८८ रहेको छ । यहाँ पछिल्लो २४ घण्टामा यो संख्या ५ हजार २६७ रहेको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया