काठमाडौं । रुसले ५९ वर्षपछि संसारकै सबैभन्दा ठूलो शक्तिशाली परमाणु बम बिस्फोटको भिडियो सार्वजनिक गरेको छ ।

३० अक्टोबर सन् १९६१ को बिस्फोट गरिएको यो बमलाई किंग्स अफ बोम्बस अर्थात् बमको राजा भनिन्छ ।

यो हिरोशिमामा खसालिएको बम भन्दा ३८०० गुणा बढी शक्तिशाली छ । यो एक हाइड्रोजन बम थियो । यसलाई त्सार बम पनि भन्ने गरिन्छ । रुसले यसको परीक्षण रुसी आर्कटिक सागरमा गरेको थियो ।

यूट्यूबमा जारी गरिएको भिडियोमा देखाइएको छ कि, त्सार बम आरडीएस २२० र बिग इवान पनि भनिन्छ ।

यो बमलाई आर्कटिक सागरमा रहेको नोभाया जेमल्या द्वीपमा खसालिएको थियो । यो मानिसले गराएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परमाणु विस्फोट हो ।

यो बम आन्द्रे शाखारोवले बनाएका थिए । सोभियत संघ र अमेरिकाको बीचमा चलिरहेको शीतयुद्धका बेला बमको परीक्षण रुसले आफ्नो शक्ति देखाउनको लागि गरेको थियो । यो बम १०० मेगाटन उर्जा पैदा गर्ने क्षमताको थियो । तर यसको डरलाग्दो परिणम देखिएपछि वैज्ञानिकले यसको क्षमता घटाएर ५० मेगाटनमा झारेका थिए ।

त्सार मको लम्बाई २६ फीट र चौँडाई ७ फीट थियो । यसको तौल २७ टन थियो । यसको झर्ने गति क मगर्न त्यसको पछाडी प्यारासूट लगाइएको थियो । किनभने यसबाट ठूलो क्षति नहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया