दोश्रो कोरोनाविरुद्धको ‘भ्याक्सीन’ ‘लञ्च’ गर्ने तयारीमा रुस !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त । यस भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् ।

यसैबीच रुसले भने कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सीन लञ्च गरिसकेको छ । उक्त भ्याक्सीन विश्वमै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका छन् ।

साथै उनले उक्त भ्याक्सीन आफ्नी छोरीले समेत लगाएको बताएका थिए । यसैबीच रुसले अब फेरि आफ्नो दोश्रो कोरोनाविरुद्धको भ्याक्सीन लञ्च गर्ने तयारी थालेको छ ।

यो भ्याक्सीन लगाएपछि मानिसमा साइड इफेक्ट नहुने रुसी वैज्ञानिकको दाबी रहेको छ । भ्याक्सीनमा प्रयोग गरिएको औषधि रुसको टप सीक्रेट प्लान्टबाट मगाइएको हो ।

ड्रग साइबेरियाको सोभियत बोयोलोजिकल वेपन्स रिसर्च प्लान्टबाट मगाइएको हो । भ्याक्सीनको नाम EpiVacCorona  रहेको छ ।

यसको ट्रायल सेप्टेम्बरसम्ममा सकिनेछ । केहि सम अगाडि मात्र रुसले विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन स्पूटनिक भी लञ्च गरेको थियो ।

गामालेया रिसर्च सेन्टरले उक्त औषधि बनाएको थियो ।

रुसमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण १६हजार ४४८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार ४९३ जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?