काठमाडौं । कोरोना भाइरसको महामारी जताततै व्याप्त छ । दक्षिण कोरियामा पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरु तीव्र गतिले बढ्न थालेपछि देशव्यापी रुपमा लकडाउन गरिएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २६६ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म त्यहाँ ३०९ जनाको मृत्यु भएको छ भने १७ हजार ६६५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १४ हजार २१९ जना संक्रमण मुक्त भएका छन् भने ३ हजार १४७ जना उपचाररत छन् । त्यस्तै ३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच विश्वमा कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म ८ लाख १२ हजार ५२७ जनाको मृत्यु भएको छ भने २ करोड ३५ लाख ८६ हजार २३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ६० लाख ८४ हजार ५५८ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ५०५ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया