कोरोना कहर : भारतमा एकैदिन थपिए ६१ हजार बढी कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख १२ हजार ५१३ जनाको मृत्यु भएको छ भने २ करोड ३५ लाख ८३ हजार ६१६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ६० लाख ८० हजार ५७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ५१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५७ हजार ६९२ जनाको मृत्यु भएको छ भने ३१ लाख ५ हजार १८५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै भारतमा २३ लाख ३६ हजार ७९६ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख १० हजार ६९७ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा आईतवार ६१ हजार ७४९ जना संक्रमित थपिएका छन् भने ८४६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?