काठमाडौं । दक्षिण चीन सागरमा चीनले समुन्द्र भित्रै सैन्य बेस बनाएको छ ।
अमेरिका र चीनको तनावका बीचमा रहेको दक्षिण चीन सागरमा चीनले समुन्द्र भित्रै सैन्य बेस बनाएको स्याटेलाइटबाट लिइएको तस्वीरबाट पत्ता लागेको हो ।
अमेरिकी कम्पनीले जारी गरेको उक्त तस्वीरमा यस्तो देखिएको हो । चीन र अमेरिकाबीचमा केहि महिना यता दक्षिण चीन सागरलाई लिएर विवाद भईरहेको छ ।
चीन उक्त क्षेत्र आफ्नो भएको बताउँदै आएको छ भने अमेरिकाले दक्षिणचीन सागरमा अन्य छिमेकी देशहरुको पनि बराबर अधिकार रहेको बताउँदै आएको छ ।
साथै दुबै देशले उक्त क्षेत्रमा सैन्य युद्धाभ्यास गरिरहेका छन् भने लडाकू विमानहरु तैनाथ गरेका छन् ।
साथै दुबै देशहरुले चेतावनी दिँदै आएका छन् । चीन र अमेरिकाबीचको विवादले अन्य छिमेकी देशहरुमा भने त्रास पैदा भएको छ ।
विज्ञहरु पनि दुबै देशको यस्तो कदमबाट सारा विश्वलाई नोक्शान हुने बताइरहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया