अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौं । बिहीवार दिउसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लामा अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालन भएको छ । कैलालीको अत्तरीयाबाट वितरण हुँदै आएको १३३ केभीए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण दुई दिनदेखि अवरुद्ध भएको विद्युत् सेवा गएरातिदेखि सञ्चालन भएको हो । विद्युत् अवरुद्ध हुँदा डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको थियो ।

विद्युत् सेवा सञ्चालन भएसँगै बन्द भएका सम्पूर्ण काम तथा सेवाहरु नियमित भएको डोटी साना जलविद्युत् कार्यालय दिपायल पिपल्लाले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा बन्द भएका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु अहिले पुनः सञ्चालन भएको पत्रकार रामहरि ओझाले जानकारी दिए ।

एक सय ३३ केभिए प्रशारण केन्द्रमा हरेका हाइटेन्टसनका पोलहरुमा बेलाबेलामा आउने खराबी तथा तार चुडिने गरेका कारण यहाँका पहाडी जिल्लामा पटकपटक विद्युत् सेवा अवद्ध हुँदै आएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?