काठमाडौं । नेपालमा आज (शुक्रवार) थप ८३८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४८३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यी ६ जिल्लामा ५०० जना भन्दा बढी उपचाररत कोरोना संक्रमित रहेका छन् ।
मोरङ
पर्सा
महोत्तरी
रौतहट
सर्लाही
काठमाडौं
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १३७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया