काठमाडौं । उत्तर कोरिया हरेक वर्ष आफ्नो परमाणु बमको संख्या बढाउँदै गईरहेको छ ।
उसले परमाणु बम बाहेक जैविक हतियारको संख्या पनि तीव्र गतिले बढाईरहेको छ ।
अमेरिकी सेनाको अन्तरिक रिपोर्टका अनुसार उत्तर कोरियाका तानाशाह किम जोंग उनका सेनासँग ६० भन्दा धेरै परमाणु बम रहेका छन् ।
साथै जैविक हतियारमा एन्थ्रेस्क र चेचक पनि बनाएको छ । यी हतियारको निशानामा जापान, अमेरिका र दक्षिण कोरिया छन् । एन्थ्रेक्स हतियारे ५० हजार मानिस मार्न सक्छ ।
यस रिपोर्टका अनुसार उत्तर कोरियाले जैविक हतियारमाथि शोध गरेको छ । उसले एन्थ्रेस्क र चेचकलाई हतियार बनाएको पाइएको छ ।
मात्र एक किलोग्राम एन्थ्रेस्कले सियोलमा करिव ५० हजार मानिसलाई मृत्यु गराउन सक्षम हुन्छ । साथै उत्तर कोरिया साइबर वारमा अगाडि छ ।
उसँग करिव ६ हजार ह्याकर्स छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया