राष्ट्रिय झण्डा च्यात्ने युवा प्रहरी नियन्त्रणमा

रणघाट । भारतको राष्ट्रिय झण्डा च्यातेको आरोपमा भारतमा एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

देशको पश्चिम बंगाल राज्य अन्तर्गत पर्ने नाडिया जिल्लाबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बिहीवार जनाएको छ ।

धन्तला प्रहरी चौकीका प्रहरीले बुधवार चन्चल विश्वास नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

भारतमा राष्ट्रिय झण्डा च्यात्ने वा नष्ट गर्ने कार्यलाई कानून अनुसार दण्डनीय मानिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?