काठमाडौं । सङ्घ, प्रदेश र काठमाडौं उपत्यका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज एक अपिल जारी गर्दै पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि आइसोलेसन निर्माण गर्ने तयारी गरेको जानकारी गराए ।
अपिलमार्फत नागरिकलाई अनुरोध गर्दै प्रमुख शाक्यले नागरिककै साथ र सहयोहको कारण यस अघि गरिएको लकडान पूर्ण रुपमा सफल भएको भन्दै अबको समय थप जटील बन्दै गएकाले भीडभाड नगरी पुनः सहयोग गर्न पनि आग्रह गरेका छन् ।
भीडभाडबाट नै कोररोना भाइरसको सङ्क्रणम बढ्ने हुनाले अत्यावश्यक कामका लागि मात्रै बाहीर निश्कन पनि अपिल गरिएको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया