लिदी पहिरो अपडेट : मृतक संख्या २५ पुग्यो

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको संख्या २५ पुगेको छ । आज चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पहिरामा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?