नेपालसँगको सीमा जोडिएको बिहारमा कोरोना बन्यो भयावह

भारतमा मंगलबार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २७ लाख नाघेको छ । पछिल्ला दिनमा भारत सरकारले परीक्षण दायरालाई निकै फराकिलो पार्दै लगेको जनाएको छ ।
कान्तिपुर दैनिकका अनुसार सीमावर्ती भारतीय राज्यहरू बिहार र उत्तरप्रदेशमा पछिल्ला दिनमा बढेको संक्रमणले नेपालमा पनि जोखिमलाई थप बढाएको छ ।

बिहारमा मंगलबार साँझसम्म १ लाख १० जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ५ सय ५८ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा मात्र यो राज्यमा ३ हजार २ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?