भोलिदेखि काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा

काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यकामा एक सातासम्म  निषेधाज्ञा हुने भएको छ ।

आज तीनै जिल्लाका सीडीओको बैठकले भोलीदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भर्खरै सकिएको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

आज मात्रै काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ रहेका छन् । भने देशभर अहिलेसम्मकै बढी १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?