नर्भिकका दुई डाक्टरको लाइसेन्स खारेज गर्न दबाब

काठमाडौं, १९ फागुन । नर्भिक इन्टरनेसलन अस्पतालमा कार्यरत दुई चिकित्सकको लाइसेन्स खारेज गर्न चिकित्सक र सर्वसाधारणले हरेक दिनजसो दबाब दिन थालेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ सद्दे खुट्टाको अप्रेसन गर्ने नर्भिकमा कार्यरत दुई चिकित्सक डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारको लाइसेन्स तत्काल खारेज गर्न दबाब आएरहेको काउन्सिल इथिकल कमिटीका संयोजक ढुन्डीराज पौडेलले बताएका छन् ११ फागुनमा चितवनकी ३८ वर्षीया बिन्दु पौडेलको देब्रे खुट्टाको अप्रेसन गर्नुपर्नेमा नर्भिकमा कार्यरत डा. नेपाल र रञ्जितकारले दाहिने खुट्टाको अप्रेसन गरेका थिए ‘सो घटनापछि चिकित्सकले लापर्बाही गरेको भन्दै लाइसेन्स रद्द गर्न दबाब आइरहेको छ ।’ काउन्सिल इथिकल कमिटीका संयोजक डा. पौडेलले भने, ‘डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारलाई सफाइ दिए चिकित्सकमाथिको जनताको विश्वास थप घट्नेछ । चिकित्सकमाथि हुने आक्रमण झन् बढ्ने देखिन्छ ।’नर्भिक अस्पतालमा सो घटना भएयता काउन्सिलमा हरेक दिन दशाैंजना चिकित्सक र सर्वसाधारणले दोषी चिकित्सकको लाइसेन्स खारेज गर्न दबाब दिएको काउन्सिलले जनाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ उपचारका क्रममा चिकित्सकले लापर्बाही गरेको भन्दै हरेक महिनाजसो चिकित्सकमाथि आक्रमण पनि हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?