छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

प्युठान । आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका(१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?