कांग्रेस संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक, नेतामा उम्मेदवारी दिन ४१ हजार दर्ता शुल्क

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ दर्ता शुल्क कायम गरीएको छ । निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै दरखास्त शुल्क र निर्वाचन कार्यतालिकाबारे जानकारी गराएको छ जारी गरिएको कार्यतालिका अनुसार फागुन २० गते साँझ ६ बजेदेखि ७ः३० बजेसम्म उम्मेदवारी दर्ता, ८ः१५ सम्म दाबी विरोधमाथि जाँचबुझ गरी नामावली प्रकाशन र फागुन २१ गते सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ त्यस्तै फागुन २१ गते बिहान ८ः१५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ त्यसपछि फागुन २१ गते बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र बिहान १० देखि दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको छ संसदीय दलको नेता चयनका लागि कांग्रेसले चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्देम्बे, नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?