राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले आज वा भोलिसम्ममा परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ । बोर्डका एक अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठकमा बोलाउने तयारी भइरहेको छ ।
अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्नेछौ–स्रोतले भन्यो । बोर्डले सबै कर्मचारी र सदस्यलाई आइताबारको लागि तयारी हुन आग्रह गरेको छ–स्रोतले भन्यो । बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि सहमतिको लागि सिसिएमसि मार्फत मन्त्रीपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्री परिषदको बैठकले सावधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागिएको खबर नेपाल समाचारपत्रमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया