कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था (ताजा विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ७१ हजार ३३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १७ लाख ३१ हजार २ सय ८६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ४४ लाख ६८ हजार २ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ४ सय १९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७२ हजार ८ सय ४० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५५ लाख ४२ हजार ४ सय २१ पुगेको छ । हालसम्म २८ लाख ६ हजार ५ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार १ सय ८६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ३४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा २ हजार १३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमित संख्या ३३ लाख १९ हजार ८ सय ४५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ७ हजार ३ सय ४१ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २४ लाख ४ हजार २ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५१ हजार २५ पुगेको छ । बितेको २४ घण्टामा ५७ हजार ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २६ लाख ४६ हजार ५ सय ८३ पुगेको छ । हालसम्म १९ लाख १७ हजार ४ सय ९८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय ४१ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ६ सय ८५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ९ सय ६९ जनामा कोरोना पुष्टि भएको र ६८ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख २२ हजार ८ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ३२ हजार ९ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ७७ पुगेको छ । हालसम्म ५ लाख ८३ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ६६ हजार ९ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

पेरुमा हालसम्म पेरुमा २६ हजार ७५ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ५ लाख २५ हजार ८ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख ५९ हजार ७ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय ४० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार ३ सय ४५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख १७ हजार ७ सय १४ पुगेको छ । हालसम्म कोरोनाको कारण ५६ हजार ५ सय ४३ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ६ सय ३५ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख ५१ हजार ३ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ६ सय ५३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ४ सय ५२ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ९ सय ४६ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ५८ हजार ८ सय २८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ९ सय ९० जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ६ सय १७ पुगेको छ । हालसम्म ३ लाख ५८ हजार ८ सय ४३ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा कोरोनाको कुनै असर देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?