फोरम सरकारमा सहभागी हुने कुरामा सहमति भइसक्यो : प्रचण्ड

अछाम, १८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने बताएका छन् बिहीबार अछाममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, संघीय फोरम सरकारमा सहभागी हुने कुरामा सहमति भइसकेको छ । ‘संघीय समाजवादी फोरमसँग हाम्रो सहमति भइसक्यो’ उनले भने सरकारमा उपेन्द्र यादव नेतृत्वको उक्त पार्टी सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवादी केन्द्र तयार भइसकेको प्रचण्डले बताए अध्यक्ष प्रचण्डले संघिय सरकारको पूर्णता पाएसंगै आफूहरु सुशासन र समृद्धि सहितको विकास निर्माणमा केन्द्रित हुने बताए त्यस्तै नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता चैतको पहिलो साताभित्र हुने जानकारी दिए राजनीतिक एजेण्डा र विधान निर्माण गर्न गठित दुई कार्यदलले यहि फागुन २५ गतेभित्र प्रतिवेदन बुझाएपछि पार्टी एकता हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?