नेपालमा कोरोना अपडेट: संक्रमित संख्या २६ हजार नाघ्यो, यस्तो छ समग्र पछिल्लो विवरण

काठमाडौं । नेपालमा आज (आईतवार) थप ६४१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।

नेपालमा हिजो (शनिवार) ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

ए पी एफ अस्पालमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका २७ जना, मोरंगका १ जना

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, बर्दियाका २ जना, दाङका १ जना

बिध ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका ६ जना, ललितपुरका १ जना, मोरंगका ६ जना, पर्साका २ जना

बि एण्ड बि अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा पर्साका ११ जना

गजेन्द्र नारायण अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका ११ जना, सिरहाका २ जना

ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना

धनुसाका १ जना, कंचनपुरका १ जना, काठमाडौंका १९ जना, ललितपुरका १ जना, नुवाकोटका १ जना, पर्साका २ जना, सिन्धुलीका १ जना

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका १ जना,  रुकुम पश्चिमका १ जना

कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १ जना, मोरंगका ७३ जना, सिरहाका १ जना, सुनसरीका १ जना

लुम्बिनी प्रादेशीक अस्पतालमा गरिएको परीक्षणमा कपिलबस्तुका १ जना,  नवलपरासी पश्चिमका ३ जना, रुपन्देहीका ३ जना

नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका १ जना, पर्साका ४६ जना

नेपाल कोरियन मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ४ जना, पर्साका १ जना, सर्लाहीका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका ६५ जना, काठमाडौँका १७ जना, रौतहटका १३ जना

नेसनल प्याथ ल्याब रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका १ जना, रुपन्देहीका २८ जना

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ५ जना, तनहुँका ४ जना

पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भक्तपुरका १ जना

धनुसाका ३ जना, काठमाडौंका ९ जना, ललितपुरका २७ जना, महोत्तरीका १ जना, मकवानपुरका १ जना, सुनसरीका १ जना

प्रदेसिक जनस्वास्थ्य प्रयोगशाला , बिराटनगरमा गरिएको परीक्षणमा बाराका १ जना, मोरङका २० जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३२ जना, महोत्तरीका ७ जना, रौतहटका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , रुपन्देहीमा गरिएको परीक्षणमा कपिलबस्तुका १ जना, नवलपरासी पश्चिमका २ जना,  रुपन्देहीका २७ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका १ जना, कास्कीका ६ जना, नवलपरासी पूर्वका २ जना, पर्बतका १ जना
पर्साका १ जना, तनहुँका १ जना

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ३ जना,  रोल्पाका २ जना

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ९ जना, कंचनपुरका ४ जना

सुरिया ल्याबमा गरिएको परीक्षणमा बाराका १ जना, झापाका १ जना, काठमाडौँका ६ जना

स्टार अस्पतालमा गरिएको परीक्षणमा बाराका १ जना, भक्तपुरका २ जना, धनुसाका १ जना, काठमाडौंका ९ जना, ललितपुरका ६ जना

सुक्रराज ट्रपिकल अस्पताल ,टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ जना,काठमाडौँका २४ जना,  ललितपुरका २ जना, सर्लाहीका १ जना

त्रि बि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका १ जना, भक्तपुरका ३ जना, कैलालीका २ जना,  काठमाडौंका २९ जना, लम्जुङ्गका १ जना,  नवलपरासी पश्चिमका २ जना, पर्साका १ जना  ताप्लेजुङका १ जना

 

धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

धनुषामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४३ वर्षीय पुरुषमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिवार जनकपुरधामको काव्या हस्पिटलमा मृत्यु भएका पुरुषको स्वाव संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

डाइविटिजका रोगी रहेका सो पुरुषको सुगर लेभल हाई रहेको र अक्सिजनको लेवल कम भएपछि शुक्रवार उनलाई जनकपुरधामको काव्या हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार गर्दा शनिवार बिहान ८ बजे तिर उनको मृत्यु भएको थियो ।

 

कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४ पुग्यो

नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साका १ जना पुरुष र मोरङकी एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४ पुगेको छ ।

 

झनै बढ्यो जोखिम : काठमाडौं उपत्यकामा आईतवार संक्रमितको नयाँ रेकर्ड, कुन जिल्लामा कति थपिए ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा काठमाडौंका १२६ जना, ललितपुरका ३८ जनार भक्तपुरका ८ जना रहेका छन् । मन्त्रालयका अनुसार ए पी एफ काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ६ जना र ललितपुरका १ जना, बी एण्ड बी अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका १ जना, ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १९ जना, भक्तपुरका १ र ललितपुरका १ जना, नेपाल कोरियन मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १७ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ९ जना, ललितपुरका २७ जना र भक्तपुरका १ जना, सुरिया ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ६ जना, स्टार अस्पतालमा गरिएको स्वाब परिक्षणमा काठमाडौंका ९ जना, भक्तपुरका २ जना र ललितपुरका ६ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २४ जना र ललितपुरका २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २९ र भक्तपुरका ३ जनामा गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त भए ? (पछिल्लो विवरणसहित)

नेपालमा बितेको २४ घण्टामा थप १ सय ३४ जनामा कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ रहेको छ ।

कुल संक्रमित मध्ये ६५ प्रतिशत संक्रमित कोरोना संक्मण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा ११०८जना

प्रदेश २ मा ३६१२ जना

वाग्मती प्रदेश ६५४ जना

गण्डकी प्रदेशमा १५२८ जना

प्रदेश ५ मा ४२८८ जना

कर्णाली प्रदेशमा १९३८ जना

सुदूरपश्चिम प्रदेशमा ४२०७ जना

 

हालसम्म कोरोनाको कारण मृत्यु भएका कुन प्रदेशका कति ? (सूचीसहित)

नेपालमा हालसम्म कोरोनाको कारण १ सय ४ जनाको मृत्यु भइसकेको छ ।

बितेको २४ घण्टामा थप २ जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा बितेको २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै हालसम्म ६५ प्रतिशत संक्रमित कोरोना मुक्त भइ घर फर्किएका छन् । हालसम्म मृत्यु हुनेमा सबैभन्दा बढी प्रदेश नं २ मा ४५ जना रहेका छन् । जसमध्ये ३४ जना पुरुष र ११ जना महिला रहेको प्रवक्ता गौतमले बताए ।

यस्तो छ मृत्यु हुनेको प्रादेशीक विवरण

प्रदेश नं १ मा ९ पुरुष र १ महिला गरी १० जना

प्रदेश नं २ मा ३४ पुरुष र ११ महिला गरी ४५ जना

वाग्मती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना

गण्डकी प्रदेशमा ६ पुरुष

प्रदेश नं ५ मा १० पुरुष र ३ महिला गरी १३ जना

कर्णाली प्रदेशमा ४ जना पुरुष

सुदूरपश्चिम प्रदेशमा ५ जना पुरुष र ३ जना महिला गरी ८ जना

 

कोरोना संक्रमितहरूको संख्या शुन्य भएका यी ५ जिल्ला

नेपालको ७७ जिल्लामध्ये हाल ५ जिल्लामा कोरोना संक्रमित छैनन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

  • संखुवासभा
  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • हुम्ला

काठमाडौंसहित यी ५ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

  • मोरङ
  • पर्सा
  • महोत्तरी
  • रौतहट
  • काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?